Section 8
पद रिक्त हुने अवस्था
(१) देहायका अवस्थामा परिषद्को मनोनीत सदस्यको पद रिक्त भएको मानिनेछः-

(क) निजले अध्यक्ष समक्ष लिखित राजिनामा दिएमा,

(ख) गैर नेपाली नागरिक भएमा वा कुनै विदेशी मुलुकको स्थायी बसोवासको अनुमति लिएमा,

(ग) निजको उमेर सत्तरी वर्ष पूरा भएमा,

तर दफा ३ को उपदफा (२) को खण्ड (ढ) बमोजिमको सदस्यको हकमा यस खण्ड बमोजिमको उमेर हद लागू हुने छैन ।

(घ) कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदवार भएमा,

(ङ) भ्रष्टाचार, जबरजस्ती करणी,यौन दुर्व्यवहार, मानव बेच बिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसूर, सङ्गठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएमा वा अन्य कुनै फौजदारी कसूरमा एक वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा,

(च) दफा ७ को उपदफा (२) बमोजिम पदबाट हटाइएमा,

(छ) विनासूचना परिषद्को तीनवटा बैठकमा लगातार अनुपस्थित भएमा,

(ज) राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा,

(झ) निजको मृत्यु भएमा ।

(२) दफा ३ को उपदफा (२) बमोजिम परिषद्मा मनोनीत सदस्यहरुको पदावधि पूरा नहुँदै कुनै कारणले पद रिक्त हुन आएमा बाँकी अवधिका लागि जुन प्रक्रियाद्वारा उक्त सदस्य मनोनयन भएको हो सोही प्रक्रियाबाट मनोनयन गरिनेछ ।